leading news portal from gandaki

ट्रिपर ठक्करबाट ७२ वर्षीय पूर्ण बहादुर गुरूङ मृत्यु

गण्डकी खबर । ट्रिपर पछाडि सार्ने क्रममा ठक्कर लागेर सुनसरी जिल्लाकाे इटहरी १ आँपगाँछी चौकमा पैदल यात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही स्थानका ७२ बर्षीय पूर्ण बहादुर गुरूङ रहेका छन् ।

आज दिउसो सभा २ बजे सडक साइडमा रोकेर राखेको प्रदेश १-०२-००१ ख ४६६५ नम्बरको ट्रिपर पछाडि सार्ने क्रममा गुरुङलाई ठक्कर दिइ घट्नास्थलमा नै मृत्यु भएको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ ।

ट्रिपर र चालक इटहरी १९ बरगाछीका २९ बर्षीय अनिल चौधरी प्रहरीको नियन्त्रणमा रहेको सो कार्यालयले जनाएको छ ।

सम्वन्धित खबर
प्रतिक्रिया दिनुहोस्

तपाइको इमेल गोप्य रहनेछ

साताको ट्रेन्डीङ्

सिफारिस