leading news portal from gandaki
pokhara internet

गाई फार्ममा थुनेर २० वर्षीय युवकको खुकुरी प्रहार गरी विभत्स हत्या

भक्तपुर । भक्तपुरमा एक युवकको खुकुरी प्र.हार गरी वि.भत्स ह.त्या भएको छ ।

भक्तपुरको सूर्यविनायक नगरपालिका ८ सिपाडोलस्थित गाई फार्ममा सोलुखुम्बु घर भई हाल मनोहरा सुकुम्बासी बस्तीमा बस्ने अन्दाजी २० वर्षीय ईश्वर राईको बिहीबार ह.त्या गरिएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ।

राईलाई गाई फार्मको टहराभित्र बोलाएर चुकुल लगाई ह.त्या गरिएको प्रारम्भिक अनुसन्धानमा देखिएको छ । काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका ९ गोठाटार स्थायी घर भई हाल सर्यूविनायक नपा ८ सिपाडोलस्थित गाईफार्ममा बस्दै आएका २० वर्षीय आशिष खुलालले राईलाई घाटीमा खु.कुरी प्र.हार गर्दा घटनास्थल मै उनको मृत्यु भएको हो ।

राई त्यहाँ पुग्दा खुलालसँगै उनका साथी युनिश योञ्जन र सुनिल बल पनि थिए। राई गाई फार्म पुग्नासाथ वादवि.वाद सुरू भएको थियो। प्रहरीका अनुसार वादवि.वाद हुँदा खुलालले राईलाई खु.कुरी हान्न थालेपछि योञ्जन र बल झ्यालबाट हा.म्फालेर भागेको थिए।

आशिष खुलाल अहिले प्रहरीको नियन्त्रणमा छन् भने अन्य दुई जना अझै फरार छन । लाशजाँच मुचुल्का उठाएर प्रहरीले मृतकको शव पोष्टमार्टमका लागि पठाएको छ। घटनाबारे प्रहरीले थप अनुसन्धान अगाडी बढाएको छ। रासस

सम्वन्धित खबर
प्रतिक्रिया दिनुहोस्

तपाइको इमेल गोप्य रहनेछ

साताको ट्रेन्डीङ्

पुराना सुनका गहना लोप हँुदै

By गण्डकी खबर / १८ माघ २०७७, आईतवार १३:२१ / 0 Comments

सिफारिस