leading news portal from gandaki

पोखरामा दुई युवा युवती एउटै रुखमा झुन्डिएको अवस्थामा मृत फेला

गण्डकी खबर । पोखरामा रुखमा झुन्डिएको अवस्थामा दुई जना मृत अवस्थामा फेला परेका छन् ।

पोखरा महानगरपालिका – १८ स्थित कफी घारीमा अन्दाजी ३०/३२ वर्षको युवा तथा अन्दाजी २८/३० वर्षकी युवती मृत फेला परेको कास्की प्रहरी प्रवक्ता, डिएसपी सुबास कुमार हमालले जानकारी दिनुभयो ।

पोखरा – ६ बुलौदी भन्दा भित्र पट्टि वडा नम्बर १८ को जङ्गलमा कल्छेको रुखमा झुन्डिएको अवस्थामा मंगलबार बिहान उनीहरू मृत अवस्थामा फेला परेको डिएसपी हमालले बताउनुभयो ।

उहाँले भन्नुभयो  “ जमिन देखि करिब ४/५ मिटरको उचाइमा रुखको एउटा हाँगामा सेतो कपडाको पासो लगाएर झुन्डिएको अवस्थामा शव भेटिएको हो, मृतकहरूको पहिचान खुलिसकेको छैन ।“

अहिले प्रहरी टोली घटनास्थलमा नै रहेको र अनुसन्धान भइरहेकाले आत्महत्या हो, होइन भन्नेबारे अनुसन्धान पश्चात् मात्र थाहा हुने उहाँले बताउनुभयो ।

सम्वन्धित खबर
प्रतिक्रिया दिनुहोस्

तपाइको इमेल गोप्य रहनेछ

साताको ट्रेन्डीङ्

पुराना सुनका गहना लोप हँुदै

By गण्डकी खबर / १८ माघ २०७७, आईतवार १३:२१ / 0 Comments

सिफारिस