leading news portal from gandaki

कोरोना रोकथामका लागी ५ बाहेक सबै जिल्लामा निषेधाज्ञा

निषेधाज्ञा जारी गरिएका जिल्लाको संख्या ७२

गण्डकी खबर । कोरोना संक्रमणको रोकथाम तथा नियन्त्रणका लागि भन्दै निषेधाज्ञा जारी गरिएका जिल्लाको संख्या ७२ पुगेको छ ।

लमजुङमा गएराति १२ बजेदेखि निषेधाज्ञा लागू भएको छ । भोजपुरमा आज राति १२ बजेदेखि लागू हुने गृह मन्त्रालयले जनाएको छ । निषेधाज्ञा जारी हुन बाँकी जिल्लाहरुमा अब मनाङ, मुस्ताङ, खोटाङ, रुकुम पुर्व र तेह्रथुम गरी पाँच वटा मात्रै रहेका छन् ।

मन्त्रिपरिषद्को निर्णयानुसार संक्रमणको जोखिम मूल्याङ्कन गरी प्रमुख जिल्ला अधिकारीले निषेधाज्ञा जारी गर्न सक्ने छन् । मन्त्रालयका अनुसार निषेधाज्ञा घोषणा गरिएका ७२ जिल्लामध्ये ६५ जिल्लामा पूर्ण र सात जिल्लामा आंशिक मात्रै लागू गरिएको छ ।

आशिंक निषेधाज्ञा घोषणा गरिएका सात जिल्ला काभ्रे, मकवानपुर, रामेछाप, ताप्लेजुङ, सिन्धुपाल्चोक, धनकुटा र सप्तरीमा संक्रमित बढी देखिएका ठाउँमा मात्रै निषेधाज्ञा लागू भएको गृह मन्त्रालयका प्रवक्ता जनकराज दाहालले जानकारी दिएका छन् ।

तराईं–मधेस तथा उपत्यकाका जिल्लामा ५०० र पहाडी जिल्लामा २०० सक्रिय संक्रमित पुगे प्रमुख जिल्ला अधिकारीले निषेधाज्ञा जारी गर्नसक्ने ब्यवस्था छ ।

काठमाडौं उपत्यकामा यसअघि लागु गरिएको निषेधाज्ञा आज राति सकिदैछ । भोलिदेखि थप १५ दिन निषेधाज्ञा लम्ब्याउने निर्णय भइसकेको छ ।

सम्वन्धित खबर
प्रतिक्रिया दिनुहोस्

तपाइको इमेल गोप्य रहनेछ

साताको ट्रेन्डीङ्

सिफारिस