leading news portal from gandaki

पछिल्लो २४ घण्टामा ४ हजार ४४४ जना निको भए

गण्डकी खबर ।  कोभिड–१९ को संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर ४ हजार ४४४ जना निको भएर घर फर्किएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरबाट ४ हजार ४४४ जना निको हुँदा जम्मा निको हुनेहरुको कुल संख्या ३ लाख १६ हजार ४६३ पुगेको छ ।

यसैगरी क्वारेन्टाइनमा रहनेको संख्या ५ सय १७ रहेको छ । पछिल्लो २४ घण्टामा देशभर २० हजार ७८६ जनाको पीसीआर–एन्टिजेन परीक्षण हुँदा हालसम्म कुल २६ लाख ९३ हजार ०८८ जनाको पीसीआर–एन्टिजेन परीक्षण भएको छ ।

यसै गरी पछिल्लो २४ घण्टामा थप १ सय ६८ संक्रमितको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४ हजार २५२ पुगेको छ ।

सम्वन्धित खबर
प्रतिक्रिया दिनुहोस्

तपाइको इमेल गोप्य रहनेछ

साताको ट्रेन्डीङ्

सिफारिस