समाचार

२३ वर्षीय मोडल निशा दुर्घटनामा परेर अहिले यो अवस्थामा पुगिन

गण्डकी खबर । तिन दर्जन बढी म्युजिक भिडियोमा अभिनय गरिसकेकी मोडल निशा घिमिरे यतिबेला आफ्नो स्वास्थ्यसंग संघर्षरत छिन ।

दुर्घटनामा परेर विगत तीन वर्षदेखि मृत्युशैयामा छटपटाइरहेकी मोडल निशा घिमिरेको भर्खरै उद्धार गरिएको छ ।

उनलाई नर्भिक अस्पतालका प्रबन्ध निर्देशक मेघा चौधरीले उद्दार गरेकी हुन् । उनि अभिनय नै अध्ययन गर्न भारत गएको बेला सडक दुर्घटनामा परेर गम्भीर घाइते भएकी थिइन । भारतको देहरादुनमा दुर्घटना भएपछी उनलाई उपचार गर्न आर्थिक अवस्था कम्जोर भएपछि बुबाले नेपाल ल्याएका थिए ।

नेपाल ल्याएपछि काठमाडौँको ट्रमा सेन्टर लगायत विभिन्न अस्पतालमा उनको उपचार भएको थियो । तर उनको स्वास्थ्यमा खासै सुधार आएको थिएन । यसै बीच कोरोना महामारी बढेपछी घिमिरे घर मै थन्किन पुगेकी थिइन । सामान्य मजदुरी गर्ने उनको आमा बुबाले राम्रो अस्पतालमा स्तरीय उपचार कुरै भएन । त्यसैले उनी नाजुक अवस्थामा घरमै थलिएर बसेको बेला चौधरीले उद्दार गरेकी हुन् ।

निशा घिमिरेको दुर्घटना अघि ६० किलो तौल थियो तर अहिले उनि पत्याउने नसकिने २० किलो तौलमा झरेकी छिन । हाल उनको नर्भिक अस्पतालमा राखेर उपचार थालिएको छ । प्रारम्भिक जाँचको क्रममा उनमा नशाको समस्या देखिएको छ । शरीरका महत्वपूर्ण अंगहरु जस्तै, मुटु, मृगौला, कलेजो, फोक्सो लगायतमा ठूलो समस्या देखिएको छैन ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button