समाचार

चितवनमा २ महिनामा हिंसाका ३७ घटना

गण्डकी खबर । कोभिड–१९ संक्रमणसँगै स्थानीय प्रशासनले लगाएको निषेधाज्ञाको समयमा जिल्लामा महिला तथा बालबालिका हिंसाका ३७ घटना भएका छन् । वैशाखदेखि हालसम्म उक्त घटना भएका हुन् ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायव उपरीक्षक सूर्यबहादुर थापाका अनुसार जिल्लामा लगाइएको निषेधाज्ञाको समयमा १५ जना महिलाले आत्महत्या गरेका छन् ।

घरेलु हिंसाका घटना १३ वटा, जबरजस्तीकरणीका ३ वटा, जबरजस्तीकरणी उद्योगका २ वटा, बालविवाह, ज्यान मार्ने उद्योग, बाल यौन शोषण तथा जबरजस्तीकरणी र बहुविवाहका १/१ वटा मुद्दा दर्ता भएका छन् ।

निषेधाज्ञाको समयमा महिलामाथि हुने घटना नरोकिएको उनले बताए । निषेधाज्ञामा घर भित्र बस्दा महिला बढी पीडित हुने गरेको उनले जानकारी दिए । थापाले भने, “घरभित्रै बस्दा आफन्तबाट पीडित हुने महिलाहरु बढिरहेका छन् ।”

कोभिड १९ का कारण स्थानीय प्रशासनले वैशाख १७ गतेदेखि लगाएको निषेधाज्ञाको समयमा मात्र यी घटना भएका हुन् । रासस

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button