समाचार

काठमाडौँ उपत्यकामा जारी निषेधाज्ञा एक हप्ता थप गर्ने तयारी

गण्डकी खबर । कोरोना संक्रमण रोकथामको लागी जारी काठमाडौँ उपत्यकोको निषेधाज्ञा एक हप्ता थप गर्ने तयारी गरिएको छ ।

आज शुक्रबार उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले निषेधाज्ञा थप खुकुलो बनाउँदै एक हप्ता लम्ब्याउनेबारे छलफल भएको हो । जारी निषेधाज्ञा थप गर्नेबारे जिल्ला प्रमुखहरु बीच छलफल भएपनि आगामी आइतबार मात्र निर्णय गरिने छ ।

कोरोना संक्रमण दर केहि घटेपनि जोखिम अझै पनि रहेकोले केहि खुकुलो पारेर निषेधाज्ञा थप गर्ने बारे छलफल भएको छ । काठमाडौ उपत्यकामा पछिल्लो पटक थपिएको निषेधाज्ञा आगामी जेठ ३१ गते मध्यराति १२ बजे सकिदैछ ।

आज थप ३,७५० जनामा कोरोना संक्रमण पुष्टि, ५,२२५ जना संक्रमणमुक्त

नेपालमा पछिल्लो २४ घण्टामा देशभर ३,७५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

९,५९८ जनाको पीसीआर र ५,५८४ जनाको एन्टिजेन परीक्षणमा ३,७५० जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो संगै हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या ६ लाख ४ हजार ३९६ पुगेको छ ।

त्यसैगरी पछिल्लो २४ घण्टामा ५,२२५ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै निको हुनेको संख्या ५ लाख २० हजार ८१६ पुगेको छ ।

त्यसै गरी पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप ६७ जनाको मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ८,३०५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button