समाचार

चर्चित सामाजिक अभियान्ता ज्ञानेन्द्र शाहीको समुह माथि आक्रमण

गण्डकी खबर । चर्चित सामाजिक अभियान्ता तथा हाम्रो नेपाल हामी नेपालीका अभियानका सम्योजक ज्ञानेन्द्र शाहीको समूहमाथि सुर्खेतमा आक्रमण भएको छ ।

शुक्रबार राती ११ बजेको समयमा सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१३ करेखोला भन्ने ठाउमा आ.क्रमण भएको हो ।

तर प्रहरीका अनुसार शाहीको समूह र स्थानीयबीच झ.डप भएको बताएका छन । आफ्ना घाइते साथिहरुलाई रुदै सम्हालेको भिडियो यतिबेला सामाजिक संजालमा भाइरल भैरहेको छ ।

यता ‘हाम्रो नेपाल हामी नेपाली’ अभियानका केन्द्रीय सचिव भिमबहादुर शाहीले करेखोला भन्ने ठाउँमा खाना खाएर बजारतिर फर्किंदै गर्दा मापसे गरेको समूहले आ.क्रमण गरेको बताएका छन ।

आक्रमणमा संलग्न पाँच जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button