समाचार

आफ्नै भाइको हत्या गर्ने दाइ र भतिज पक्राउ

गण्डकी खबर । आफ्नै भाइको ह’त्या आ’रोपमा दाइ र भतिज पक्राउ परेका छन् ।

लोहारपट्टी नगरपालिका–७ भ्रमरपुराका ४५ वर्षीय लक्ष्मण साहको ह’त्या आरोपमा सहोदर दाजु रामचन्द्र साह र उमेश साहलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले पुष्टि गरेको हो । उमेश मृतक लक्ष्मणका आफ्नै भतिज हुन् ।

गत बुधबार घरमा कूलदेवताको स्थान र पूजा आराधना विषयमा दाजुभाइबीच भएको वि’वाद झ’डपमा परिणत हुँदा लक्ष्मण घाइते भएका थिए । उपचारका लागि काठमाडौँ पठाइएका लक्ष्मणको उही शुक्रबार मृत्यु भएपछि आज वि’वाद र झ’डपमा संलग्न दुई जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक दिनेश आचार्यले जानकारी दिनुभयो ।

पक्राउ परेका दुवैलाई जिल्ला अदालतमा पेश गरी हिरासतमा राखी अनुसन्धान गर्ने म्याद लिइएको प्रहरीले जनाएको छ ।

मृतकको शव काठमाडौँमै पोष्टमार्टम (शव परीक्षण)गरी अन्तिम संस्कारका लागि भ्रमरपुरा ल्याइएको प्रहरी उपरीक्षक आचार्यले बताउनुभयो । रासस

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button