समाचार

देशभर ३ हजार ३८४ जनामा संक्रमण पुष्टि,६१ संक्रमितको मृत्यु

गण्डकी खबर । मुलुकभर पछिल्लो २४ घण्टामा ३ हजार ३८४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १४ हजार ४९४ जनाको परीक्षण गर्दा ३ हजार ३८४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार ८ हजार ५०६ जनाको आरटी पीसीआर विधिबाट परीक्षण गर्दा २ हजार ३८२ जना र ५ हजार ९८८ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा १ हजार २ जनामा कोरोना पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ६ लाख २६ हजार ५३५ पुगेको छ ।

कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर ६ हजार २९५ जना निको भएर घर फर्किएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको संख्या ५ लाख २७ हजार १११ पुगेको छ ।

यसै गरी पछिल्लो २४ घण्टामा थप ६१ संक्रमितको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८ हजार ३६६ पुगेको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button