समाचार

युरोकप खेलमा वेल्स र स्वीट्जरल्याण्डको बराबरी

गण्डकी खबर । युरोकपको १६औँ संस्करणको आफ्नो पहिलो खेलमा वेल्स र स्वीट्जरल्याण्डले बराबरी खेल्दै अंक बाडेका छन् ।

अजरबैजानको बाकुमा शनिबार भएको खेलमा वेल्स र स्वीट्जरल्याण्डले १-१ गोलको बराबरी खेल्दै अंक बाडेका हुन् ।

बकु ओलम्पिक स्टेडियममा स्वीट्जरल्याण्डका लागि ब्रेल इम्बोलोले एक गोल गरे । वेल्सका किफेर मोरेले बराबरी गोल फर्काए ।

बराबरीसँगै समूहको दोस्रो स्थानमा रहेको स्वीट्जरल्याण्डले १ खेलमा १ अंक जोडेको छ । तेस्रो स्थानमा रहेको वेल्सको पनि १ अंक रहेको छ ।

यस समूहमा इटाली ३ अंक जोडेर शीर्ष स्थानमा रहेको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button