समाचार

कांग्रेसको महाधिवेशन भदौ १६ गतेदेखि १९ गतेसम्म

गण्डकी खबर । नेपाली कांग्रेसको महाधिवेशनको मिति सर्ने भएको छ। शनिबार पार्टी सभापति निवास बुढानीलकण्ठमा बसेको पार्टी पदाधिकारी बैठकले भदौ ७ देखि १० गते सम्म गर्ने भनेको महाधिवेशन ९ दिन पर सार्ने प्रस्ताव गरेको छ।

कोरोना संक्रमणको जोखिमसँगै पार्टीको क्रियाशील सदस्यको टुङ्गो लगाउन नसकिएपछि पूर्वघोषित मितिलाई ९ दिन पर सरिएको हो।

आजको पदाधिकारी बैठकले आगामी भदौ १६ गतेदेखि १९ गतेसम्म महाधिवेशन गर्ने मिति केन्द्रीय समितिमा प्रस्ताव गर्ने निर्णय गरेको छ। पदाधिकारी बैठकपछि सहमहामन्त्री डा प्रकाशशरण महतले महाधिवेशनको मिति सरेसँगै निर्वाचन केन्द्रीत केन्द्रिय गतिविधि र जिल्ला नगरका अधिवेशनको पनि समय तालिका हेरफेर प्रस्ताव गरेको बताए।

यसअघि असार ६ गते हुने भनिएको गाउँ नगर वडा अधिवेशन अब साउन ६ गते हुने प्रस्ताव गरिएको छ। गाउँ र नगरपालिका अधिवेशन साउन ११ गते, प्रदेशसभा क्षेत्रीय अधिवेशन साउन १६ गते, प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन तथा एक प्रतिनिधिसभा क्षेत्र भएका जिल्लाको अधिवेशन साउन २० गते हुने प्रस्ताव गरिएको छ।

त्यस्तै एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएका जिल्लामा साउन २४ गते जिल्ला अधिवेशन हुनेछ। संशोधित तालिका अनुसार प्रदेशअधिवेशन २०७८ भाद्र १ र २ गते हुनेछ।

पदाधिकारीले संशोधन प्रस्ताव गरेको समय तालिकामा क्रियाशील सदस्यता छानबिन समितिले अन्तिम सदस्यता सूची २०७८ साल असार २० गतेभित्र केन्द्रीय समितिमा बुझाउने र केन्द्रीय समितिको बैठकले क्रियाशील सदस्यताको अन्तिम सूची २०७८ असार २४ गतेभित्र केन्द्रीय निर्वाचन समितिलाई बुझाउने हुने प्रस्ताव गरिएको छ।

कोभिड संक्रमणको जोखिम बढेसँगै नेपाली कांग्रेसले आफ्नो महाधिवेशनको डिजिटल प्रविधिमार्फत गर्न सकिन्छ भनेर कांग्रेस समर्थित युवा विद्यार्थी भन्दै आएका छन्। कांग्रेसको केन्द्रीय तहको बैठकमा डिजिटल प्रविधिमार्फत महाधिवेशन गर्नेबारे कुनै छलफल नै भएको छैन।

नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक आगामी असार ३ गते दिउँसो २ बजे पार्टी कार्यालय सानेपामा बस्ने गरि बोलाएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button