
गण्डकी खबर । जिल्लाको फिदिम नगरपालिका–४ जोरसालमा एक वृद्धको धारिलो ह’तियार प्र’हार गरी ह’त्या भएको छ ।
स्थानीयवासी ७९ वर्षीय टेकबहादुर इङ्वा लिम्बूको धारिलो ह’तियार प्रहार गरी गए राति हत्या भएको हो ।
इङ्वाको शरीर टाउकोमा गहिरो चोटपटक देखिएको प्रहरीले जनाएको छ । घरमा इङ्वाका वृद्ध दम्पत्ति मात्रै बस्दै आएको र श्रीमती शारीरिकरूपमा अशक्त हुनुहुन्छ । सासूससुरा भेट्न मृतककी बुहारी आज बिहान त्यहाँ आएपछि घटना सार्वजनिक भएको हो । अहिले प्रहरीले ह’त्या भएको घरलाई सिल गरी अनुसन्धान गरिरहेको छ ।
मृतक वृद्ध सेवा निवृत्त भारतीय सैनिक हुनुहुन्छ । गत बिहीवारमात्रै उहाँले निवृत्तिभरणको रकम बैंकबाट बुझेको हुनाले लु’टपाटका लागि उहाँको ह’त्या भएको हुनसक्ने स्थानीयवासीले अनुमान गरेका छन् ।
घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेकाले थप विवरण सार्वजनिक भएको छैन ।