समाचार

श्रीमतीमाथि एसिड प्रहार गर्ने श्रीमान पक्राउ

गण्डकी खबर । श्रीमतीमाथि एसिड प्रहार गरेको आरोपमा प्रहरीले रौतहटबाट एक जनालाई पक्राउ गरेको छ ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा चन्द्रपुर नगरपालिका–७ का ४२ वर्षीय दीपक विश्वकर्मा छन् ।

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख एसपी सिद्धीविक्रम शाहका अनुसार विश्वकर्माले आफ्नै श्रीमती ३८ वर्षीय दीपिका विश्वकर्मामाथि घरायसी विवादका कारण तेजाव प्रहार गरेका हुन् ।

तेजाब प्रहारबाट घाइते भएकी महिलालाई चन्द्रनिगाहपुरस्थित एपोलो अस्पतालमा उपचार भैरहेको छ । उनको बायाँ हात, पेट र खुट्टा जलेको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button