समाचार

कोरोना सङ्क्रमित हुनेभन्दा निको हुने दर बढी

गण्डकी खबर । जिल्लामा कोरोना सङ्क्रमितको निको हुने सङ्ख्या बढ्दै गइरहेको छ ।

पछिल्लो समय सङ्क्रमित हुनेभन्दा निको हुनेको सङ्ख्या बढिरहेको जिल्ला स्वास्थ्य कार्यालयको तथ्याङ्कमा उल्लेख गरिएको छ । दोस्रो चरणको कूल सङ्क्रमित एक हजार १८३ मध्ये एक हजार पाँचजना निको भएको कार्यालयक प्रमुख आशुतोष श्रेष्ठले जानकारी दिनुभयो ।

जिल्लाभरिमा होम आइसोलेशन र संस्थागत आइसोलेशनमा गरी १७८ जना सक्रिय सङ्क्रमित रहेका छन् । पछिल्लो २४ घण्टामा एकजना मात्रै सङ्क्रमित पुष्टि भएको उहाँले बताउनुभयो । सङ्क्रमितको निको हुने दर बढेसँगै जिल्ला अस्पतालका साथै स्थानीय तहले बनाएका संस्थागत आइसोलेशनका श्यया खाली हुन थालेका छन् ।

सङ्क्रमितका आत्मबल उच्च भएमा सहजै कोरोनालाई जित्न सकिने निको भएकाको भनाइ छ ।रासस

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button