गण्डकीसमाचार

गण्डकी प्रदेशका न्यायाधिवक्ता राजेन्द्र घिमिरेद्वारा राजीनामा

गण्डकी खबर । गण्डकी प्रदेशका मुख्य न्यायाधिवक्ता राजेन्द्र घिमिरेले पदबाट राजीनामा दिनुभएको छ । गण्डकीमा पृथ्वी सुब्बा गुरुङ नेतृत्वको सरकार परिवर्तन भएपछि घिमिरेले राजीनामा दिनुभएको हो ।

एमालेका पृथ्वीसुब्बा गुरुङले विश्वासको मत नपाएपछि विपक्षी गठबन्धनका तर्फबाट काँग्रेसका कृष्णचन्द्र नेपाली पोखरेल शनिबार गण्डकीको मुख्यमन्त्री नियुक्त हुनुभएको थियो ।

​मुख्य न्यायाधिवक्ता सरकारको सल्लाहकार हुने भएकाले सरकार परिवर्तन भएसँगै मुख्य न्यायाधिवक्ता पनि परिवर्तन हुने गर्दछ ।

घिमिरेलाई तत्कालीन मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले २०७४ फागुन २१ मा नियुक्त गर्नुभएको थियो ।

 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button