गण्डकीसमाचार

गण्डकी प्रदेशमा ४७३ जना कोरोना संक्रमणमुक्त, ३४७ जनामा संक्रमण पुष्टि

गण्डकी खबर । गण्डकी प्रदेशमा आज थप ३४७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

भने थप ७ जनाको मृत्यु भएको छ । प्रदेशमा पछिल्लो २४ घण्टामा विभिन्न अस्पतालमा उपचाररत ७ जनाको मृत्यु भएको हो ।

गण्डकी प्रदेशमा विभिन्न जिल्लामा ७ जना कोरोना संक्रमितको उपचारका क्रममा मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशक डा.विनोदबिन्दु शर्माले जनाकारी दिए ।

उनका अनुसार कास्कीमा १, तनहुँमा २, बागलुङ १,स्याङजा १, मुस्ताङमा १ र नवलपरासी पूर्व १ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमण बाट मृत्यु हुनेको संख्या ८३८ पुगेको छ ।

पछिल्लो २४ घण्टामा १ हजार २८० जनाको नमुना परिक्षण गरिएकामा ३४७ जनामा संक्रमण देखिएको हो ।

संक्रमित मध्ये १६७ महिला र १८० जना पुरुष रहेको प्रदेश स्वाथ्य निर्देशनालय गण्डकीले जनाएको छ ।

निर्देशनालयका अनुसार नयाँ संक्रमितहरुमा कास्कीमा १५२, गोरखामा २४,नवलपरासी ४१, स्याङजा ४५, तनहुँ ४७, लमजुङ १४, पर्वत ३ र म्याग्दीमा २१ जनामा कोरोना संक्रमण देखिएको छ ।

योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ५० हजार ३०४ पुगेको छ । प्रदेशमा पछिल्लो २४ घण्टामा ४७३ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

योसँगै गण्डकीमा हालसम्म संक्रमणमुक्त हुनेहरुको संख्या ४३ हजार ६१९ पुगेको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button