गण्डकीसमाचार

चार लाखभन्दा बढी नगदसहित आठ जुवाडेहरु पक्राउ

गण्डकी खबर । लकडाउनको समयमा ठूलो रकम हारजित हुनेगरी जुवा खेलिरहेका आठजना जुवाडेहरुलाई प्रहरीले नगदसहित नवलपुरमा पक्राउ गरेको छ ।

कावासोती नगरपालिकाको लोकतान्त्रिक चोकस्थित रामजी पाण्डेको घरमा हिजो राति जुवा खेलिरहेका उनीहरुका साथबाट प्रहरीले चार लाख ३२ हजार ६९५ रुपैयाँ र चार बुक तास बरामद गरेको जनाएको छ ।

पक्राउ परेकाहरु बारे थप अनुसन्धान भइरहेको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button