गण्डकी खबर । गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष २०७८÷७९ का लागि ३० अर्ब ३ करोड ९४ लाखको बजेट सार्वजनिक गरेको छ ।
मंगलबार मुख्यमन्त्री कृष्ण चन्द्र नेपाली पोखरेलले आ.व. २०७८÷०७९ का लागि चालू तर्फ १३ अर्व ६ करोड ४७ लाख, पुँजीगत तर्फ १६ अर्व ७३ करोड ४६ लाख र वित्तिय व्यवस्थापन तर्फ २४ करोड बजेट विनियोजन गरेका हुन्।
छुट्याइएको ३० अर्व ३ करोड ९४ लाखको बजेट मध्ये प्रदेशले नेपाल सरकारबाट वित्तिय समानीकरण अनुदान ७ अर्व ४२ करोड प्राप्त गरेको छ ।
यसैवरी सशर्त अनुदानतर्फ ४ अर्व १८ करोड, समपूरक अनुदानतर्फ ८७ करोड, विशेष अनुदानतर्फ ५४ करोड प्राप्त गरेको छ ।
त्यस्तै, राजश्व बाँडफाँट ७ अर्व ६२ करोड र रोयल्टीबाट ३० करोड पाउने अनुमान गरिएको मुख्यमन्त्री पोखरेलले बताएका छन् ।