गण्डकीसमाचार

पोखराको रामघाट क्षेत्र डुबानमा, सुकुम्वासी बस्ती खतरामा

गण्डकी खबर । गए रातिदेखि परेको अविरल वर्षाका कारण पोखराको रामघाट क्षेत्र डुबानमा परेको छ । वर्षाको कारण सेती नदीको बहाव बढेपछि पोखरा १० स्थित रामघाट क्षेत्र तालमा परिणत भएको छ ।

पानीको बहाव बढ्दै गएका कारण रामघाट आसपासका सुकुम्वासी बस्ती डुबानमा पर्ने खतरा समेत बढेको छ ।

लगातारको वर्षा पश्चात् नदीले लेदो माटो सहित काठका मुढा र गेग्र्यान रामघाट क्षेत्रको साँघुरो निकासमा थुपारेपछि रामघाट क्षेत्र जलमग्न भएको हो ।

पानीको बहाव बढ्दै गएपछि सो क्षेत्रका टहरा र सुकुम्वासी बस्तीमा रहेका बासिन्दाहरूलाई सुरक्षित स्थानमा सर्न आग्रह गरिएको कास्की प्रहरी प्रवक्ता एवं डिएसपी सुवास हमालले जानकारी दिनुभयो ।

‘हामीले जोखिममा नरहन त्यस क्षेत्रका बासिन्दालाई आग्रह गरेका छौ, केही आफन्तको घरमा जानुभएको छ, सबै जनालाई उच्च सतर्कता अपनाउन आग्रह समेत गरेका छौँ ‘,डिएसपी हमालले भन्नुभयो ।

पानीको बहाव बढ्दै गएमा अन्य क्षेत्रमा पनि असर पर्न सक्ने भन्दै उच्च सतर्कता अपनाउन उहाँले आग्रह समेत गर्नुभयो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button