गण्डकीसमाचार

कास्कीको मादी हाइड्रोपावरका १७० जना कामदार कर्मचारीको उद्धार

गण्डकी खबर । भारी वर्षाका कारण आएको बाढीका कारण खोलामा फसेका कास्कीको मादीमा निर्माणाधीन सुपर मादी हाइड्रोपावरका १७० जना कामदार कर्मचारीलाई उद्धार गरिएको छ ।

सोमबारदेखि लगातार परेको वर्षाका कारण खोलामा फसेका १६० जना मजदुर तथा १० जना कर्मचारी गरी १७० जना कामदार कर्मचारीलाई उद्धार गरिएको मादी गाउँपालिका – २ का अध्यक्ष एकजङ्ग गुरुङले जानकारी दिनुभयो ।
उद्धार कार्यमा जुट्दै मादी गाउँपालिका – २ का अध्यक्ष एकजङ्ग गुरुङसहितको टोली

पोखरा स्थित श्री भगवती दल गण फूलबारी ब्यारेकका नेपाली सेना, स्थानीय युवा क्लब र जनप्रतिनिधिको सहयोगमा बुधवार ५ घण्टा समय लगाएर कलबन्दी खोलाबाट उद्धार गरिएको अध्यक्ष गुरुङले पोखरा न्यूजलाई बताउनुभयो ।

‘हामीले फूलबारी ब्यारेकका नेपाली सेनाका जवान, स्थानीय युवा क्लब, गाउँले र जनप्रतिनिधिको सहयोगमा कलबन्दी खोलामा फसेका १७० जनालाई बुधवार बिहान ६ बजेदेखि ११ बजेसम्मको समयमा सकुशल उद्धार गरेका छौँ ‘, अध्यक्ष गुरुङले भन्नुभयो ।

उद्धार गरिएका सबै जनालाई हिमालयन निम्न माध्यमिक विद्यालयमा राखिएको र उनीहरूलाई ताङ्तिङ आमा समूहले खाजा र खानाको व्यवस्थापन गरेको उहाँले जानकारी दिनुभयो ।

उद्धार गरिएकाहरूलाई हाइड्रोपावरका प्रतिनिधिलाई जिम्मा लगाइने अध्यक्ष गुरुङले बताउनुभयो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button