गण्डकी खबर । लगातार परेको वर्षाका कारण कास्कीको माछापुच्छ्रेमा एक पक्की घर भासिएको छ ।
माछापुच्छ्रे गाउँपालिका -३ स्थित गौचरमा धनदेवी पोखरेलको दुई तले पक्की घर वर्षातका कारण भासिएको कास्की प्रहरी प्रवक्ता एवं डिएसपी सुवास हमालले जानकारी दिनुभयो ।
वर्षाका कारण पक्की घरको पूर्व तर्फको जगबाट प्वालहरू परेर भासिएका कारण घर जोखिममा परेको डिएसपी हमालले बताउनुभयो ।
डिएसपी हमालका अनुसार बुधबार ९:३० बजे घरको पूर्वी भाग भासिएपछि घरमा बस्दै आएको पाँच जनाको परिवार पश्चिम तर्फको कोठामा सरेका छन् ।