leading news portal from gandaki

फ्रान्सद्वारा वेल्स पराजित

गण्डकी खबर । युरोकप फुटबलको तयारीस्वरूप भएको मैत्रीपूर्ण खेलमा फ्रान्सले वेल्सलाई सहजै हराएको छ ।

खेलको २६औँ मिनेटमा निको विलियम्सले रातो कार्ड पाएपछि १० खेलाडीमा सीमित बनेको वेल्समाथि फ्रान्स हावी भएको थियो ।

घरेलु मैदानमै भएको खेलमा फ्रान्सले वेल्सलाई ३-० अन्तरले पराजित गरेको हो । फ्रान्सलाई जित दिलाउन केलियन एम्बाप्पे, एन्टोनियो ग्रीजम्यान र ओसुमान डेम्बेलेले एक/ एक गोल गरे ।

युरोकप फुटबल जुन ११ देखि जुलाई ११ सम्म हुँदैछ ।

सम्वन्धित खबर
प्रतिक्रिया दिनुहोस्

तपाइको इमेल गोप्य रहनेछ

साताको ट्रेन्डीङ्

सिफारिस