leading news portal from gandaki

सरकारले परिवर्तन गर्यो भोलिदेखि खोप पाउनेको उमेर समूह

गण्डकी खबर । सरकारले भोलि (मंगलबार) बाट ६० देखि ६४ वर्ष उमेर समूहका मानिसलाई खोप दिने भने पनि अन्तिम समयमा उक्त उमेर समूहलाई परिवर्तन गरेको छ।

खोप शाखाका प्रमुख डा. झलक शर्माका अनुसार भोलिदेखि खोप पाउने उमेर समूहलाई परिवर्तन गरी ६२ देखि ६४ बनाइएको हो।

काठमाडौं उपत्यकाको हकमा भने ६० देखि ६४ वर्ष उमेर समूहनै यथावत रहने गौतमले सेतोपाटीलाई जानकारी दिए। उनले उपत्यकाका पालिकाले ६० देखि ६४ वर्षका मानिसलाई खोप दिइने भनेर व्यापक प्रचार गरिसकिएकाले यहाँ उक्त समूहलाई यथावत कायम गरिएको बताए।

बाँकी जिल्लाका हकमा भने ६२ देखि ६४ वर्ष उमेर समूहका मानिसलाई खोप दिइने उनले बताए। ‘सुरूमा ती जिल्लाहरूमा पनि ६० देखि ६४ उमेर समूहका मानिसलाई नै खोप दिने भनिएको थियो तर पछि जिल्लाहरूको माग हेर्दा अहिले भएका खोपले पुग्ने स्थिति देखिएन। त्यसैले उमेर समूहलाई घटाएर ६२ देखि ६४ बनाइएको हो,’ गौतमले भने।

उनले हिमाली जिल्लाका हकहरूमा भने तीब्बत सरकारसँग सीमा जोडिएका पालिकामा १८ वर्ष माथिका सबै नागरिकले खोप लगाउनसक्ने जनाए। त्यसबाहेकका पालिकामा भने ६२ देखि ६४ उमेर समूहका मानिसलाई खोप दिइने उनले बताए।

भोलिदेखि लगाइने खोप चीन सरकारबाट अनुदानमा आएको हो। चीनले नेपाललाई थप १० लाख डोज खोप अनुदानमा दिएको हो। यसअघि पनि चीनले ८ लाख डोज खोप अनुदानमा दिइसकेको छ। चीनबाट थप १० लाख डोज खोप आउने भएपछि सरकारले ६० देखि ६४ वर्ष उमेर समूहका मानिसलाई लगाउने निर्णय गरेको थियो।

खोप शाखाका प्रमुख गौतमले ६० देखि ६४ वर्ष उमेर समूहका मानिसको संख्या लगभग ८ लाख जना रहेको र ती सबै अहिले नै खोप लगाउन नआउने अनुमान गरिएकाले ६० देखि ६४ वर्ष उमेर समूहलाई दिने भनेर निर्णय गरिएको जनाए।

तर पछि जिल्लाले सबै नागरिकहरू खोप लगाउन आउने बताएपछि खोपले नपुग्ने भएपछि बरू उमेर समूह घटाएर सबैलाई खोप पुग्ने गरी निर्णय गरिएको गौतमले बताए।

यसअघि पनि सरकारले फटाफट पहिलो डोज मात्र लगाउँदा अहिले झन्डै १३ लाख मानिस दोस्रो डोजको पर्खाइमा छन्। त्यसपछि भने खोप शाखाले दोस्रो मात्राको पनि सुनिश्चितता गरेर मात्र पहिलो डोज लगाउन थालेको छ। सेतोपाटी बाट साभार

 

सम्वन्धित खबर
प्रतिक्रिया दिनुहोस्

तपाइको इमेल गोप्य रहनेछ

साताको ट्रेन्डीङ्

पुराना सुनका गहना लोप हँुदै

By गण्डकी खबर / १८ माघ २०७७, आईतवार १३:२१ / 0 Comments

सिफारिस