leading news portal from gandaki

खोप वितरणको हालको अवस्थामा परिवर्तन गर्न अर्जेन्टीनाको माग

गण्डकी खबर । कोरोनाभाइरस विरुद्धको खोप वितरणको अवस्थामा परिवर्तन गर्न अर्जेन्टीनाले माग गरेको छ ।

अर्जेन्टीनाका राष्ट्रपति अल्बेर्टो फेर्नान्डेजले विश्वभरी खोप वितरणको अवस्था सन्तुलित र न्यायोचित नभएको टिप्पणी समेत गर्नुभयो ।“खोपको असमान वितरण भइरहेको बारेमा अन्तर्राष्ट्रिय समुदायको ध्यान जानु आवश्यक छ, अहिले जे जसरी भइरहेको छ, त्यो ठिक भइरहेको छैन,” उहाँले भन्नुभयो ।

कुल उत्पादित खोप मध्ये ९० प्रतिशत खोप उत्पादक देशहरुमा मात्रै प्रयोग हुनु र बाकी १० प्रतिशत मात्रै अन्य देशहरुलाई वितरण गर्नुले नै असमानता प्रष्टै देखिएको उहाँको भनाई छ ।स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजको ब्युनस आर्यसको औपचारिक भ्रमणका क्रममा आयोजित पत्रकार सम्मेलनमा उहाँले असमानताका विरुद्धमा सवैले आवाज उठाउनु पर्नेमा जोड दिनुभयो ।

खोप उत्पादनको अनुपात र सङ्क्रमितहरुको सङ्ख्याका बीचमा सन्तुलन ल्याउने प्रतिवद्धता गर्न पनि अर्जेन्टीनाका राष्ट्रपति फेर्नान्डेजले आह्वान गर्नुभयो ।दुवै देशका नेताले कोरोनाभाइरस विरुद्धको खोप सवै देशहरुलाई सन्तुलित तरिकाले उपलब्ध गराउन उदारता देखाउन पनि खोप उत्पादक देशहरुलाई आग्रह गर्नुभयो ।

“कोरोनाभाइरस विरुद्धको खोप विश्वव्यापी सार्वजनिक सामान हो, त्यसको प्रयोग सवैले आ आफ्नो क्षमता र आवश्यकता अनुसार गर्न पाउनुपर्छ,” स्पेनका प्रधानमन्त्री सान्चेजले पत्रकार सम्मेलनमा भन्नुभयो ।विभिन्न अन्तर्राष्ट्रिय निकायहरुका अनुसार अर्जेन्टीनामा अहिलेसम्म ८३ हजार २७२ जनाको कोरोनाभाइरसका कारण मृत्यु भएको छ ।

त्यसैगरी स्पेनमा अहिलेसम्म कुल ८० हजार ३३२ जना को मृत्यु भएको सरकारी अधिकारीहरुले जानकारी दिएका छन् ।

सम्वन्धित खबर
प्रतिक्रिया दिनुहोस्

तपाइको इमेल गोप्य रहनेछ

साताको ट्रेन्डीङ्

सिफारिस