leading news portal from gandaki

आगलागी पछि दोभान बजारको मुहार फेरिँदै

गण्डकी खबर। ताप्लेजुङको सदरमुकाम फुङ्लिङपछिको दोस्रो ठूलो दोभान बजारको मुहार बिस्तारै फेरिँदै गएको छ ।

तीन महिनाअघि आ गला गीले ध्वस्त बनेको संरचनाहरुको पुनर्निर्माण हुन थालेसँगै दोभान बजारको मुहार फेरिँदै गएको हो ।

जिल्लाको मेरिङ्देन गाउँपालिका–३ खाम्लुङमा पर्ने दोभान बजार पुरानो व्यापारिक केन्द्र र ऐतिहासिक स्थल पनि हो । तमोर नदी, मेवा र मैवा खोलाको सङ्गमस्थल नदी तथा खोला किनारमा रहेको दोभान बजारमा गत फागुन १९ गते बिहान भीषण आ गला गी भएको थियो । कुल ५० घर पूर्णरूपमा ध्वस्त भएका र ६३ परिवार विस्थापित हुनेगरी भएको आ गला गीले खण्डहर बनेको दोभान बजारमा नयाँ संरचना बन्न थालेपछि बजारको स्वरूप अर्थात मुहार फेरिँदै गएको छ ।

हालसम्ममा डेढ दर्जनभन्दा बढी घर संरचनाहरु निर्माणको अन्तिम चरणमा पुगेका छन् भने धमाधम निर्माणको क्रम चलिरहेको छ । आठराई त्रिवेणी, मैवाखोला, मेरिङ्देन र मिक्वाखोला गाउँपालिकासहित तमोरपारिका चारवटा स्थानीय तहको मुख्य व्यापारिक केन्द्र भएकाले दोभान बजार पुनर्निर्माणमा तीव्रता दिइएको बताइएको छ ।

साविकका २० भन्दाबढी गाविस समेटिएका हालको चारवटा स्थानीय तहका बासिन्दाको बजार अर्थात व्यापारिक केन्द्र भएका कारण पुनर्निर्माण चाँडो भएको मेरिङ्देन गाउँ कार्यपालिका सदस्य एवं प्रवक्ता सूर्यमान बराइली बताउनुहुन्छ । बराइलीका अनुसार चारवटै गाउँपालिकाका स्थानीय उपभोक्ताको सबै उपभोगका सामान खरिद बिक्री गर्ने केन्द्र दोभान बजार नै हो ।

पछिल्लो समय गाउँगाउँसम्म सडकको पहुँच तथा यातायात सुविधा पुगे पनि बाहिरबाट आयात हुने सामान दोभान बजारमै केन्द्रित गरेर त्यसपछि मात्र गाउँ पुग्ने मैवाखोला गाउँपालिका–३ का वडाध्यक्ष थर्ककुमार चोङ्बाङको भनाइ छ । त्यस्तै ग्रामीण क्षेत्रमा उत्पादित अलैँची, अम्लिसो, अदुवालगायत निकासी हुने सबै वस्तु दोभान बजारमै केन्द्रित गरेर बाहिर निर्यात गर्ने गरिन्छ । यसरी जिल्लाको मुख्य व्यापारिक केन्द्र भएकाले दोभान बजार पुनर्निर्माणमा शुरुदेखि नै तीव्रता दिन थालिएको स्थानीयवासी बताउँछन् ।

व्यापारिक केन्द्रका साथै अग्निपीडितले पुनःस्थापित हुनुपर्ने भएकाले संरचना पुनर्निर्माणमा चाँडो गर्नुपर्ने बाध्यता भएको बताउँछन् । केही बचत भएको रकम खर्चिएर तथा ऋण काढेर भए पनि घर संरचना पुनर्निर्माण गर्नुको विकल्प नभएपछि आगलागीका विस्थापितले संरचना निर्माणको कार्य शुरु गरेका अग्निपीडित भोला पौडेलले बताउनुभयो । पौडेलका अनुसार केहीबाहेक अधिकांश घरधनी अग्निपीडितले नयाँ संरचना बनाउन थालेका छन् ।

यता आगलागी भएको दोभान बजारमा नयाँ संरचना निर्माण गर्नका लागि स्थानीय सरकारका रूपमा रहेको मेरिङ्देन गाउँपालिकाले भने पुनर्निर्माण मापदण्ड बनाएको छ । नयाँ संरचना निर्माणमा पिलर (खम्बा) सहित इँटा तथा ढुङ्गा प्रयोग गरेर अनिवार्य पक्की घर निर्माण गर्नुपर्ने गाउँपालिकाले मापदण्ड बनाएको थियो । हाल सोही मापदण्डानुसार घर तथा संरचनाहरु निर्माण हुँदै आएका गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत डम्बरबहादुर आङ्देम्बेले बताउनुभयो ।

दोभानलाई नमूना बजारका रूपमा पुनःस्थापित गर्ने उद्देश्यले पुनर्निर्माण मापदण्ड बनाएको गाउँपालिकाले जनाएको छ ।

अधिकांश काठ तथा जस्तापाता प्रयोग गरेर बनाइएका कच्ची घर संरचना भएका कारण आ गला गीबाट छोटो समयमै आधा बजार जलेर खरानी भएको थियो । त्यसबेलाको आ गला गीले रु ४० करोडभन्दा बढीको क्षति भएको थियो । रासस

सम्वन्धित खबर
प्रतिक्रिया दिनुहोस्

तपाइको इमेल गोप्य रहनेछ

साताको ट्रेन्डीङ्

सिफारिस