leading news portal from gandaki

श्रीलङ्कामा सङ्क्रमणबाट दैनिक मृत्यु दर उच्च हुदै

गण्डकी खबर । श्रीलङ्कामा पनि कोरोनाबाट ज्यान गुमाउने व्यक्तिको दैनिक संख्या बढ्न थालेको छ ।

गत २४ घण्टामा श्रीलङ्कामा कोरोना सङ्क्रमणबाट १०१ जनाको मृत्यु भएपछि यस प्रकोपबाट मृत्यु हुने व्यक्तिको कूल संख्या २ हजार ११ जना पुगेको यहाँको स्वास्थ्य मन्त्रालयले शुक्रबार जनाएको छ ।

यसै अवधीमा यहाँ २६ सय भन्दा बढी थप व्यक्तिमा कोरोना सङ्क्रमण भएको छ । श्रीलङ्कामा कोरोना शुरु भएदेखि हालसम्म २ लाख १६ हजार १३४ जना व्यक्ति सङ्क्रमति भइसकेका छन् । श्रीलङ्कामा ३१ हजार ९८६ जना सक्रिय सङ्क्रमित रहेका स्वास्थ्य मन्त्रालयले आज जानकारी दिएको छ ।

श्रीलङ्कामा पनि कोभिड–१९ को तेस्रो भेरिएन्ट शुरु भएको बताइएको छ । हाल यहाँ राष्ट्रव्यापी रुपमा यात्रा प्रतिबन्ध गरिएको छ । यो प्रतिबन्ध आगामी जुन १४ बाट खुल्ला गरिने अनुमान गरिएको छ ।

यहाँ गत दुई महिनायता १ लाख भन्दा बढी कोरोना भाइरसका सङ्क्रमित थपिएका पनि सरकारी स्रोतले जानकारी दिएको छ । रासस

सम्वन्धित खबर
प्रतिक्रिया दिनुहोस्

तपाइको इमेल गोप्य रहनेछ

साताको ट्रेन्डीङ्

सिफारिस