leading news portal from gandaki

बाढीले विद्युत् चुहावट हुँदा मेलम्चीमा करेण्ट लागेर एक युवकको निधन

गण्डकी खबर । बाढीले क्षति पुर्‍याएपछि विद्युत् चुहिँदा मेलम्चीमा करेण्ट लागेर एक युवकको ज्यान गएको छ ।

मेलम्ची नगरपालिका–१० माझीबस्ती तल इन्द्रावती नदीमा आएको बाढीले बिजुलीको खम्बा ढाल्दा करेन्ट लागेर स्थानीयवासी अन्दाजी ३० वर्षीय धर्म दुलालको आज बिहान मृत्यु भएको हो ।

सोही घटनामा मेलम्ची–११ कै भरत दुलाल घाइते भई मेलम्चीमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय मेलम्चीले जनाएको छ ।

शिखरपुर नवलपुरतर्फ ल्याइएको फलामे खम्बालाई इन्द्रावतीको बाढीले क्षति पु¥याएपछि विद्युत् चुहिँदा सो दुर्घटना भएको बताइएको छ ।

सिन्धुपाल्चोकका प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले स्काभेटर लिएर जाँदा बाढीका कारण सडकमा ढलेको विद्युत्को खम्बाबाट लिक भएको करेण्ट लागेर दुलालको मृत्यु भएको बताउनुभयो ।

सम्वन्धित खबर
प्रतिक्रिया दिनुहोस्

तपाइको इमेल गोप्य रहनेछ

साताको ट्रेन्डीङ्

सिफारिस