leading news portal from gandaki

देशभर २,२९७ जना संक्रमित, ३ हजार १३० जना निको

गण्डकी खबर । मुलुकभर पछिल्लो २४ घण्टामा २ हजार २९७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १० हजार ९०४ जनाको आरटी–पीसीआर र एन्टिजेन परीक्षण गर्दा २ हजार २९७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार ६ हजार ५८३ जनाको पीसीआर विधिबाट परीक्षण गर्दा १ हजार ५८४ जना र ४ हजार ३२१ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ७ सय १३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ६ लाख ४९ हजार ९४८ पुगेको छ ।

कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर ३ हजार १३० जना निको भएर घर फर्किएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको संख्या ५ लाख ५९ हजार ९२८ पुगेको छ ।

पछिल्लो २४ घण्टामा देशभर १० हजार ९०४ जनाको पीसीआर–एन्टिजेन परीक्षण हुँदा हालसम्म कुल ३४ लाख २२ हजार ७३२ जनाको पीसीआर–एन्टिजेन परीक्षण भएको छ ।

यसै गरी पछिल्लो २४ घण्टामा थप ४६ संक्रमितको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८ हजार ७७२ पुगेको छ ।

सम्वन्धित खबर
प्रतिक्रिया दिनुहोस्

तपाइको इमेल गोप्य रहनेछ

साताको ट्रेन्डीङ्

सिफारिस