leading news portal from gandaki

पोखरीमा माछा मार्ने क्रममा डुबेर मृत्यु

गण्डकी खबर । पोखरीमा माछा मार्ने क्रममा डुबेर झापामा एकजनाकाे मृत्यु भएको छ ।

झापाकाे अर्जुनधारा नगरपालिका ११ स्थित अर्जुनधारा बस्ने ४० बर्षीय माइकल सोरेन हिजो बेलुका पौने ६ बजे घरदेखि २० मिटर पश्चिममा रहेको माछा पोखरीमा माछा मार्ने क्रममा पोखरीमा डुबेर बेपत्ता भएका थिए ।

इलाका प्रहरी कार्यालय अनारमनी र १ नम्बर प्रदेश बिपत ब्यबस्थापन चन्द्रगढी झापाबाट गएकाे प्रहरी टोलीले खोजतलास गर्ने क्रममा आज बिहान १० बजे सोरेनको मृत शव फेला पारेको हो ।

शवलाई कानुनी प्रकृया पुरा गरी पोष्टमार्टमको लागी मेची अस्पताल भद्रपुर पठाइएकाे प्रहरीले जानकारी दिएकाे छ ।

सम्वन्धित खबर
प्रतिक्रिया दिनुहोस्

तपाइको इमेल गोप्य रहनेछ

साताको ट्रेन्डीङ्

सिफारिस