गण्डकीसमाचार

स्वास्थ्य केन्द्रको भवन निर्माणका लागि स्थानीयले दिए निःशुल्क जग्गा

गण्डकी खबर । यहाँका स्थानीयवासीले स्वास्थ्य केन्द्रको भवन निर्माणका लागि निःशुल्क जग्गा प्रदान गरेका छन् ।

स्याङ्जाको पुतलीबजार नगरपालिका–४ नागडाँडाका सेतीदेवी पोख्रेल र चूडामणि पोख्रेलले आधारभूत स्वास्थ्य केन्द्रको भवन निर्माणका लागि बिहीबार पुतलीबजार नगरपालिकालाई जग्गाधनी प्रमाणपूर्जा हस्तान्तरण गर्नुभएको हो ।

सेतीदेवीको नाममा रहेको दुई आना तीन दाम र चूडामणिको नाममा १० आना तीन दाम क्षेत्रफल भएको जग्गाधनी प्रमाणपूर्जा पुतलीबजार नगर प्रमुख सीमाकुमारी क्षेत्रीलाई हस्तान्तरण गर्नुभएको हो ।

दुवै जनाले मालपोत कार्यालय स्याङ्जाबाट आधारभूत स्वास्थ्य केन्द्रका नाममा जग्गा पास गरिदिएर

सहयोग गरेकामा पोख्रेल परिवारप्रति नगरप्रमुख क्षेत्रीले धन्यवाद व्यक्त गर्नुभयो ।

“दाताहरुले आधारभूत स्वास्थ्य केन्द्रको भवन निर्माण गर्ने उद्देश्यका साथ नगरपालिकालाई निःशुल्क

जग्गा उपलब्ध गराउनुभएकामा आभार व्यक्त गर्दछु”, नगरप्रमुख क्षेत्रीले भन्नुभयो, “प्राप्त जग्गामा भवन

निर्माण गरी स्थानीयवासीका लागि आधारभूत स्वास्थ्य सेवाको पहुँचलाई विस्तार गरिने छ ।”

सबैलाई पायक पर्ने स्थानमा आधारभूत स्वास्थ्य केन्द्र स्थापना गर्न सकेमा सानो उपचारका लागि टाढा

जानुपर्ने बाध्यता हट्ने विश्वास वडाध्यक्ष ओमबहादुर खड्काको छ । दाताहरुबाट प्राप्त जग्गामा

छिटोभन्दा छिटो भवन निर्माण गर्ने र आवश्यक स्वास्थ्यकर्मी तथा औषधिको व्यवस्थापन गरी सञ्चालन गरिने उहाँको भनाइ थियो ।

स्वास्थ्यजस्तो संवेदनशील संस्था गाउँ ठाउँकै नजिकै भए कोही कसैले पनि अकालमै ज्यान गुमाउनुपर्ने अवस्था नआओस् भन्ने पवित्र उद्देश्यका साथ जग्गा उपलब्ध गराइएको जग्गादाताद्वयले बताउनुभयो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button