गण्डकीसमाचार

पाेखरा अमरसिहँमा बिजुली पाेलमा स्कुटर ठाेक्किदाँ २ युवक घाइते

गण्डकी खबर । आज दिउसो पोखराको अमरसिहँमा बिजुलीको पोलमा स्कुटर ठक्कर खाँदा त्यसमा सवार दुई जना युवक घाइते भएका छन् ।

आज दिउसो १ बजे पोखरा महानगरपालिका १० अमरसिँहचोकमा ग ११ प १४४६ नम्बरको स्कुटर आँफै

अनियन्त्रित भएर बिजुलीको पोलमा ठक्कर खाएको प्रहरीले जानकारी दिएको छ ।

दुर्घटनामा स्कुटर चालक तनहुँको शुक्लागण्डकी नगरपालिका १ कोत्रेका १८ वर्षीय संजोग परियार घाइते भएका छन् ।घाइते परियारको अवस्था गम्भीर रहेको प्रहरीले बताएको छ ।

त्यसैगरी लमजुको बेशिसहर घर भइ हाल कोत्रे बस्ने १९ वर्षीय विश्वास मझकोटी पनि घाइते भएका छन् ।

प्रहरीका अनुसार स्कुटरमा पछाडिमा सवार मझकोटीको अवस्था मध्यम रहेको छ ।

दुबै घाइतेहरुलाई उपचारका लागि अस्पताल पठाइएको र घटना बारे थप अनुसन्धान भइरहेको गण्डकी

प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी नायब उपरीक्षक श्रवण कुमार बिकले जानकारी दिनुभएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button