गण्डकी खबर । पछिल्लो २४ घण्टामा कास्की जिल्लामा थप १२९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
कास्कीमा ७४ जना पुरुष तथा ५५ जना महिला गरी १२९ जनामा कोरोना भाइरस पुष्टि भएकाे प्रदेश स्वास्थ्य निर्देशनालय पाेखराले जनाएको छ ।
पछिल्लो २४ घण्टामा प्रदेशमा १ हजार ११७ जनाको नमुना परीक्षण गरिएकोमा गण्डकी प्रदेशमा थप
२८१ जनामा कोरोना पोजेटिभ देखिएको विज्ञप्ति मार्फत निर्देशनालयले उल्लेख गरेको छ ।
कास्कीका १२९ सहित म्याग्दीका ४ जना, पर्वतका २२ जना, गाेरखाका ९ जना लमजुङका २३ जना,
तनहुँका २ जना, बाग्लुङका ४८ जना, स्याङ्जाका ७ जना र नवलपुरका ३७ जना गरी प्रदेशका ९
जिल्लामा १५७ पुरुष तथा १२४ जना महिलामा कोरोना पुष्टि भएको हो ।
योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको कुल संख्या ५८ हजार ६२९ पुगेको छ। पछिल्लो २४
घण्टामा ३३७ जना निको भएसँगै प्रदेशमा संक्रमणमुक्त हुनेको संख्या ५४ हजार ५४१ पुगेको छ ।
गण्डकीमा थप ७ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । हालसम्म कोरोना संक्रमणका कारण प्रदेशभर ज्यान गुमाउनेको संख्या ९८८ पुगेको छ।