गण्डकी खबर । गण्डकी प्रदेशकाे नयाँ सरकारले भ्रष्टाचारको शुरुवात गरिसकेको आराेप नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले बताएको छ ।
गण्डकी प्रदेश सभामा प्रमूख प्रतिपक्षी दल एमालेका नेता तथा पूर्वमुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले आज
पोखरामा आयोजित पत्रकार सम्मेलनमा नेपाली कांग्रेसका नेतृत्वको प्रदेश सरकारले गैरबजेटरी रकममार्फत भ्रष्टाचारको शुरुवात गरेको बताउनु भएकाे छ ।
प्रदेशमा नेपाली कांग्रेसका नेता कृष्णचन्द्र नेपाली पोखरेलको नेतृत्वमा जेठ २९ गते नयाँ सरकार गठन भएको छ ।
कांग्रेस नेता पोखरेल नेतृत्वको सरकारले हालै बजेटबाट १६ करोड रुपैया रकामान्तर गरेको थियो ।
बिना योजनाका विभिन्न क्षेत्रमा त्यो रकम खर्च गर्ने बताइरहेको प्रदेश सरकारले त्यो रकम कार्यकर्तालाई बाँडेको आरोप एमाले नेता गुरुङले लगाउनु भएको छ ।
यसअघि एमाले नेता गुरुङ नेतृत्वको प्रदेश सरकारले जाँदा जाँदै बिना योजनाका ४ अर्ब ५१ कराेड रुपैया
रकम बराबरको ठेक्का लगाएको आरोप पोखरेल नेतृत्व सरकारले लगाउँदै आएको छ ।
नयाँ प्रदेश सरकारले लगाएको त्यो आरोप झुठो भएको भन्दै सबै ठेक्का कानुन बमोजिम लगाइएको एमाले नेताको भनाइ छ ।
प्रत्येक निर्वाचन क्षेत्र अन्तर्गत एक सडक, पालिकादेखि केन्द्र जोड्ने सडक र रणनीतिक महत्वका सडक
लगायतका योजना बहुवर्षीय योजनाहरु अन्तर्गतका रहेका स्मरण गराउँदै विकास निर्माणका कुरामा राजनीति नर्गन पनि एमालेको आग्रह गरेको छ ।
आफ्नो नेतृत्वको सरकारले सबै कामकारवाही खुला र पारदर्शी रुपमा गरेको उहाँको भनाइ छ ।