गण्डकी खबर । नेपाली कांग्रेस नेतृत्वकाे गण्डकी प्रदेश सरकारले भ्रष्टाचारको शुरुवात गरिसकेको
आराेप लगाएकाे प्रतिपक्षी दल नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आजकाे प्रदेश सभा बैठक अवरुद्ध पारेकाे छ ।
बजेट माथिकाे छलफलका लागि डाकिएकाे बैठकमा एमालेले आर्थिक वर्षकाे अन्त्यमा कांग्रेस नेतृत्वकाे
सरकारले गरेकाे रकामान्तरकाे बारे जानकारी माग्दै सदन राेकेकाे हाे ।
एमाले नेता तथा प्रदेशका पूर्वमन्त्री रामशरण बस्नेतले रकामान्तर बारे फेहरिस्त नआउँदासम्म सदनकाे
बैठक अगाडि बढ्न नसक्ने भन्दै विराेध गरेपछि बैठक स्थगित भएकाे छ ।
प्रदेशमा कांग्रेस नेता कृष्णचन्द्र नेपाली पोखरेलको नेतृत्वमा जेठ २९ गते गठन भएकाे नयाँ सरकारले
बजेटबाट हालै १६ करोड रुपैया रकामान्तर गरेको थियो ।
राताे किताबमा नै नभएका विभिन्न याेजना १० दिनमा सक्ने भन्दै पाेखरेल नेतृत्वकाे सरकारले रकामान्तर गरेकाे भन्दै एमालेले यसअघि नै विराेध गर्दै आएकाे छ ।
बिना योजनाका विभिन्न क्षेत्रमा त्यो रकम खर्च गर्ने बताइरहेको प्रदेश सरकारले त्यो रकम कार्यकर्तालाई बाँडेको आरोप एमालेले लगाउँदै आएकाे छ ।
एमालेले हिजाे पाेखरामा पत्रकार सम्मेलन गरेर कांग्रेस नेतृत्वको प्रदेश सरकारले गैरबजेटरी रकममार्फत भ्रष्टाचारको शुरुवात गरेको बताएकाे थियाे ।