गण्डकीसमाचार

बाग्लुङमा भरुवा बन्दुकसहित एक जना पक्राउ

गण्डकी खबर । घरमा भरुवा बन्दुक लुकाइ छिपाइ राखेको अभियोगमा प्रहरीले बाग्लुङका एक जना व्यक्तिलाई नियन्त्रणमा लिएको जनाएको छ ।

प्रहरीले आज दिउसाे बाग्लुङको निसीखोला गाँउपालिका ४ थापागाँउका ४६ वर्षीय नरबहादुर कुँवरको घरबाट एक नाले भरुवा बन्दुक फेला पारेको हो ।

बन्दुक लुकाइ राखेको भन्ने सूचनाका आधारमा प्रहरीले आज दिउसो उनको घरमा खोजतलास गरेको जनाएको छ ।

भरुवा बन्दुक सहित कुँवरलाई नियन्त्रणमा लिइ थप अनुसन्धान भइरहेको गण्डकी प्रदेश प्रहरी कार्यालय

पोखराका वरिष्ठ प्रहरी उपरीक्षक नरबहादुर केसीले जानकारी दिनु भएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button