गण्डकीसमाचार

पोखरामा नेपाल आयरल्याण्ड सोसाइटीको सहयोगमा ८५ घरपरिवारलाई राहत वितरण

गण्डकी खबर । नेपाल आयरल्याण्ड सोसाइटीको आर्थिक सहयोगमा बहिनि एडुकेयर फाउन्डेसनले पोखरामा ८५ घरपरिवारलाई राहत वितरण गरेको छ ।

कोरोनाका कारण सिर्जित लकडाउनका कारण समस्यामा परेका पोखराको हेम्जा २३ का ४० घर

परिवार र पोखरा ५ धारापानीका ४५ विपन्न घरपरीवारलाई आइतबार राहत उपलब्ध गराएको

सोसाइटीका सांस्कृतिक संयोजक प्रजया न्यौपानेले जानकारी दिनुभयो ।

फाउन्डेसनले राहत स्वरूप विपन्न घरपरिवारमा प्रति घर परिवार २५ केजी चामल, ५ केजी दाल, साबुन

तथा मास्क वितरण गरेको फाउन्डेसनका कार्यकारी प्रमुख सुरेन्द्र परियारले बताउनुभयो ।

करिव दुइ लाख रकम बराबरको राहत वितरण कार्यक्रममा सोसाइटीका सदस्य द्वय अमृत न्यौपाने र बसन्त न्यौपानेको समेत उपस्थिति रहेको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button