गण्डकीसमाचार

गण्डकी सरकारले बनायो मनाङका सरकारी कार्यालयलाई उज्यालो

गण्डकी खबर । बाढी पहिराको जोखिममा जीवनयापन गर्न बाध्य हिमाली जिल्ला मनाङमा उज्यालो छाएको छ ।

गण्डकी प्रदेश सरकारको सहयोगमा मनाङका १६ वटा सरकारी कार्यालयमा सोलार प्यानल, इन्भर्टर र ब्याट्री जडान कार्य भइरहेको छ ।

विद्युत् नहुँदा अस्पतालमा उपचार सेवा र सरकारी काम प्रभावित भएकाले खरिद गरी पठाइएको

सोलार जडान कार्य भइरहेको प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले जानकारी दिनुभयो ।

उहाँका अनुसार जिल्लाका प्रशासन कार्यालय, स्वास्थ्य कार्यालय, प्रहरी कार्यालयलगायतका सरकारी कार्यालयमा सोलार जडान भइरहेको छ ।

पीडामा परेको जिल्लामा हरेक विषयको अद्यावधिक हुनका लागि पनि सोलार जडान गरी सेवा र सूचना

प्रवाहलाई प्रभावकारी बनाउन सोलार, इन्भर्टर र ब्याट्री पठाइएको मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले बताउनुभयो ।

प्रदेशको ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालयले छरितो प्रक्रियामार्फत सामान खरिद गरी पठाएको हो ।

करिब रु १९ लाखको सामान खरिद गरेर हेलिकोप्टरमार्फत चामे पठाइएको थियो ।

सामान ढुवानीका लागि लागेको रु चार लाख ३१ हजार गण्डकी सरकारले नै बेहोरेको छ ।

सार्वजनिक खरिद ऐनको दफा ४१(१) (घ३) बमोजिम विशेष परिस्थितिमा सार्वजनिक खरिद प्रक्रिया

अपनाई सामग्री पठाइएको मुख्यमन्त्री पोखरेलले बताउनुभयो ।

सामान खरिद गरेर लमजुङ सदरमुकाम बेँसीशहरमा पु¥याइएको र शुक्रबार मनाङको सदरमुकाम

चामे पु¥याई शनिबार जडान भइरहेको ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालयका सचिव रामचन्द्र श्रेष्ठले बताउनुभयो ।

बाढीपहिराका कारण स्थानीयस्तरका लघु जलविद्युत् योजनामा क्षति पुगेकाले मनसुन शुरु भएसँगै मनाङ अन्धकारमा रहेको छ ।

विभिन्न स्थानका राष्ट्रिय प्रसारण लाइनमा जोडिएको पोल ढलेका कारण सदरमुकाम चामेसहित अन्य गाउँमा बिजुली बल्न सकेको छैन ।

असार मसान्तमा सम्पादन गर्ने काममा समेत बिजुली नभएकै कारण प्रभावित भएको अवस्थामा गण्डकी

सरकारले सोलार सहयोग गरेर सहजता कायम गराएको प्रजिअ लामिछानेले बताउनुभयो ।

जिल्ला प्रशासन कार्यालय मनाङले तोकेको प्राथमिकताका आधारमा सोलार सरकारी कार्यालयमा जडान गरिएको छ ।

मुख्यमन्त्री पोखरेलको अध्यक्षतामा यही असार ६ गते बसेको प्रदेश विपद् व्यवस्थापन समितिको

बैठकले सोलार खरिद गरेर पठाउने निर्णय गरेको हो ।

विद्युतीय भुक्तानी र कम्प्युटर प्रणालीमा आधारित सेवा प्रवाहसमेत प्रभावित भएको थियो ।

स्वास्थ्य कार्यालय प्रमुख बद्री आचार्यले बिजुली नहुँदा कोभिडविरुद्धको खोप बचाउनै मुस्किल भएको बताउनुभयो ।

“यहाँका मौसमले गर्दा बचाउन अलि सजिलो भएको छ, शनिबार आइतबारदेखि सोलार जडान भएको छ, अब ढुक्क भएका छौँ”, आचार्यले भन्नुभयो ।

अनुकूल मिलाएर पोखरादेखि आइस ब्याग मगाएर खोप जोगाएको समेत उहाँले जानकारी दिनुभयो ।

जेनेरेटर प्रयोग गर्न पनि इन्धनको अभाव, दिनभरि घाम नलाग्ने हुँदा पनि खोप बिग्रन्छ कि भन्ने डर रहेको थियो । रासस

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button