गण्डकीसमाचार

गण्डकी प्रदेश सभा बैठक आज पनि अवरुद्ध

गण्डकी खबर । गण्डकी प्रदेश सरकारले असार १ गते ल्याएकाे बजेटमाथि छलफल गर्न भनेर

बाेलाइएकाे प्रदेश सभाकाे बैठक आज पनि प्रतिपक्षी नेकपा एमालेले अवरोध गरेको पछि स्थगित भएकाे छ ।

हिजाे आइतबार एमालेकाे अवराेधका कारण बैठक स्थगित भएकाे थियाे ।

एमालेको अवरोध पछि गण्डकी प्रदेशका सभामुख नेत्रनाथ अधिकारीले बैठक १२ बजेसम्मका लागि स्थगित गर्नु भएकाे छ ।

प्रदेशमा नेपाली कांग्रेसका नेता कृष्णचन्द्र नेपाली पोखरेलको नेतृत्वमा जेठ २९ गते गठन भएकाे नयाँ

सरकारले बजेटबाट हालै १६ करोड रुपैया रकामान्तर गरेको बताइन्छ ।

राताे किताबमा नै नभएका विभिन्न याेजना १० दिनमा सक्ने भन्दै पाेखरेल नेतृत्वकाे सरकारले रकामान्तर गरेकाे भन्दै एमालेले यसअघि नै विराेध गर्दै आएकाे छ ।

बिना योजनाका विभिन्न क्षेत्रमा त्यो रकम खर्च गर्ने बताइरहेको प्रदेश सरकारले त्यो रकम कार्यकर्तालाई बाँडेको आरोप एमालेले लगाउँदै आएकाे छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button