गण्डकी खबर । बेनी जोमसोम सडकखण्डमा माथिबाट पहिरो खस्दा पार्कि गरिराखेका जिपहरुमा क्षति पुगेको प्रहरीले जनाएको छ ।
आज बिहान म्याग्दीको रघुगंगा गाउँपालिका ३ राहुघाट गायत्री मन्दिरस्थित बेनी जोमसोम सडक
खण्डमा माथिबाट ढुङ्गामाटो सहितको पहिरो खस्दा सडक छेउमा पार्किङ गरि राखेको ग१ज ५८९८,
ग१ज ६२३०, ध१ज ६४१ र बा.प्र.०१०२५ च००५४ नंको जिपमा आंशिक क्षति भएको हो ।
पहिरोबाट बाटो अबरोध भएको भए पनि कुनै मानवीय क्षति नभएको गण्डकी प्रदेश प्रहरी कार्यालय
पोखराका प्रहरी वरिष्ठ उपरीक्षक नरबहादुर केसीले जानकारी दिनु भएको छ ।