गण्डकी खबर । पछिल्लो २४ घण्टामा कास्की जिल्लामा थप १४९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
कास्कीमा ७६ जना पुरुष तथा ७३ जना महिला गरी १४९ जनामा कोरोना भाइरस पुष्टि भएकाे प्रदेश स्वास्थ्य निर्देशनालय पाेखराले जनाएको छ ।
पछिल्लो २४ घण्टामा प्रदेशमा १ हजार १३१ जनाको नमुना परीक्षण गरिएकोमा गण्डकी प्रदेशमा थप
३४४ जनामा कोरोना पोजेटिभ देखिएको विज्ञप्ति मार्फत निर्देशनालयले उल्लेख गरेको छ ।
कास्कीका १४९ सहित म्याग्दीका ३ जना, पर्वतका १७ जना, गाेरखाका ३० जना, लमजुङका २० जना,
तनहुँका ४३ जना, बाग्लुङका ५१ जना, स्याङ्जाका १२ जना र नवलपुरका १९ जना गरी प्रदेशका ९
जिल्लामा १७७ पुरुष तथा १६७ जना महिलामा कोरोना पुष्टि भएको हो ।
योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको कुल संख्या ५९ हजार ७८५ पुगेको छ। पछिल्लो २४
घण्टामा ४४८ जना निको भएसँगै प्रदेशमा संक्रमणमुक्त हुनेको संख्या ५६ हजार १४६ पुगेको छ ।
गण्डकीमा थप ६ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । हालसम्म कोरोना संक्रमणका कारण प्रदेशभर ज्यान गुमाउनेको संख्या १ हजार ८ पुगेको छ।