गण्डकी खबर । पछिल्लो २४ घण्टामा कास्की जिल्लामा थप १८२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
कास्कीमा ८६ जना पुरुष तथा ९६ जना महिला गरी १८२ जनामा कोरोना भाइरस पुष्टि भएकाे प्रदेश स्वास्थ्य निर्देशनालय पाेखराले जनाएको छ ।
पछिल्लो २४ घण्टामा प्रदेशमा १ हजार १०० जनाको नमुना परीक्षण गरिएकोमा गण्डकी प्रदेशमा थप
३६० जनामा कोरोना पोजेटिभ देखिएको विज्ञप्ति मार्फत निर्देशनालयले उल्लेख गरेको छ ।
कास्कीका १८२ सहित म्याग्दीका ५ जना, पर्वतका १ जना, गाेरखाका ३९ जना, लमजुङका ९ जना,
तनहुँका १७ जना, बाग्लुङका २६ जना, स्याङ्जाका २१ जना र नवलपुरका ६० जना गरी प्रदेशका ९ जिल्लामा १८३ पुरुष तथा १७७ जना महिलामा कोरोना पुष्टि भएको हो ।
योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको कुल संख्या ६० हजार ५१९ पुगेको छ। पछिल्लो २४
घण्टामा १७३ जना निको भएसँगै प्रदेशमा संक्रमणमुक्त हुनेको संख्या ५६ हजार ६९६ पुगेको छ ।
गण्डकीमा थप ६ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । हालसम्म कोरोना संक्रमणका
कारण प्रदेशभर ज्यान गुमाउनेको संख्या १ हजार १४ पुगेको छ।