गण्डकीसमाचार

ठूलो परिमाणको लागुऔषध र नगद पाँचलाख सहित पोखरामा एक व्यक्ति पक्राउ

गण्डकी खबर । पोखरामा ठूलो परिमाणको लागुऔषध र नगदसहित एक जना व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।

पोखरा महानगरपालिका १ बगर बस्ने ४९ वर्षीय अर्जुन कुमार गुरुङ लागुऔषध र नगदसहित बुधबार अपरान्ह पक्राउ परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार बगरमा लागुऔषधको कारोबार भइरहेको भन्ने सूचनाका

आधारमा खटिएको प्रहरी टोलीले गुरुङलाई शंकास्पद अवस्थामा फेला पारेको थियो ।

लागूऔषध नियन्त्रण व्युरो शाखा कार्यालय पोखराबाट खटिएको प्रहरी टोलीले उनको तलासी लिँदा

घरकोठाबाट सुटकेसभित्र लुकाइ छिपाइ राखेको अवस्थामा लागूऔषध डाईजापान– ६७० एम्पुल,

फेनेरागन– ६७० एम्पुल, नुर्फिन– ६७४ एम्पुल गरी जम्मा २०१६ एम्पुल, मोबाइल थान १ र नगद रु पाँचलाख २१ हजार दुईसयसहित फेला पारेको हो ।

प्रहरीले नियन्त्रणमा लिएको उनलाई लागूऔषध सम्बन्धी कसुर अन्तरगत अनुसन्धानको कार्य अगाडि

बढाएको जिल्ला प्रहरी कार्यालय पोखराका प्रवक्ता प्रहरी नायव उपरीक्षक सुवास हमालले बताउनु भएकाे छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button