गण्डकीसमाचार

मेयर जिसीलाई हृदयघात, थप उपचारका लागि काठमाडौं लगियो

गण्डकी खबर । पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीलाई हृदयघात भएको छ ।

मेयर जिसि अचानक बिरामी भई पोखरा स्थित मणिपाल शिक्षण अस्पतालमा उपचाररत हुनुहुन्छ ।

थप उपचारको लागि हेलिकप्टरबाट काठमाडौ स्थित न्यूरो अस्पताल लगियो छ।

स्वास्थ्यकर्मीका अनुसार मेयर जिसीको अवस्था खतरामुक्त छ ।

स्वास्थ्यकर्मीले भने ‘उहा सामान्य बोलचाल गर्न सक्ने भएपनि ह्रदयाघातका कारण एक नशा ब्लक भएको देखिएको छ ।’

मेयर जिसीको प्रेस संयोजक माधव बरालका अनुसार पोखरा मनिपाल हस्पिटलबाट थप उपचारको लागि काठमाडौं न्यूरो अस्पतालमा उपचार भैरहेको जानकारी दिनुभयो  ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button