leading news portal from gandaki

आजबाट सवारी साधनको राजस्व र ब्लुबुक नबिकरण अनलाइनबाट नै गर्न सकिने

गण्डकी खबर । आजबाट आफ्नो सवारी साधनको राजस्व र ब्लुबुक नबिकरण अनलाइनबाट नै गर्न सकिने भएको छ ।

वाग्मती प्रदेश सरकारले आजदेखि लागू हुने गरी लाइसेन्स शुल्क, ब्लुबुक नवीकरण शुल्क, जरीवाना

शुल्क, बीमालगायतका काम अनलाइनबाटै हुनेछन् । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले यो सेवाको सुरुवातको उद्घाटन गरेका छन ।

बागमती प्रदेश सरकारले छुट्टै यातायात व्यवस्थापन सूचना प्रणाली (टीएमआईएस) तयार गरेसंगै अब सर्बसाधारणले खेप्दै आएको दुखको अन्त्य हुने भएको छ ।

यस अघि दिनभर लाइनमा बस्नु पर्ने देखि बिचौलियालाई पैसा खुवाएर काम लगाउनु पर्ने बाध्यता रहदै आएको थियो ।

कोरोना महामारीका बीच यो प्रणाली आएसंगै अब भने आफ्नो सवारीको राजस्व र नबिकरण घरैबाट गर्न

सकिने भएपछि संक्रमणको जोखिमबाट समेत बच्न सकिने भएको छ ।

यो प्रणालीबाट आफ्नो सवारीको सम्पूर्ण विवरण समेत सेवाग्राही आफैले हेर्न सक्ने हुदा कार्यालय गएर सोधपुछ गर्ने समस्याको समेत हल भएको छ ।

वेबसाइट र एपमा गएर अनलाइन भेटघाट, सवारी नामसारी, सवारी बीमा, आफूले तिर्नु पर्ने राजस्व र

नबिकरणको जानकारी त्यहीँबाट पाउन सकिने भएको छ ।

यसरी तिर्नुहोस आफ्नो सवारीको राजस्व र नबिकरण

www.tmis.bagamati.gov.np वेबसाइटमा गएर सवारीधनीले आफ्नो नम्बर राखेर खाता खोल्नुहोस।

त्यहाँ गए पछी आफ्नो सवारीको सम्पूर्ण विवरण राख्नुहोस ।

सम्पूर्ण विवरण भरेपछि आफुले तिर्नु पर्ने राजस्व र नबिकरण गर्ने समयमा त्यहिबाट गर्नुहोस ।

रकम भुक्तानीका लागि डेबिट कार्ड तथा क्रेडिटकार्ड, मोबाइल वालेट, ई–बैंकिङ जस्ता डिजिटल सेवा प्रदायकमार्फत गर्न सकिने ।

सम्वन्धित खबर
प्रतिक्रिया दिनुहोस्

तपाइको इमेल गोप्य रहनेछ

साताको ट्रेन्डीङ्

पुराना सुनका गहना लोप हँुदै

By गण्डकी खबर / १८ माघ २०७७, आईतवार १३:२१ / 0 Comments

सिफारिस