leading news portal from gandaki

यी हुन् ‘द भ्वाइस अफ नेपाल’ को ग्राण्ड फिनालेमा पुग्ने टप ४ प्रतिभा

काठमाडौं । चर्चित गायन रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’ को सिजन ३ ले फाइनालिस्ट प्रतिभा पाएको छ ।

शुक्रबार साझ भएको भोटिङको रिजल्ट अनुसार द भ्वाइसले टप ४ प्रतिभाहरु पाएको हो ।

 

सेमिफाइनलमा द भ्वाइसको फर्म्याट अनुसार चार कोचहरुबाट एक एक जना प्रतिभाहरु फाइनलका लागि छानिएका हुन् ।

टिम तृष्णाबाट अफ्रिता खड्गीलाई उछिन्दै ज्वाला राई फाइनलमा प्रवेश गरेका छन् ।

 

टीम प्रमोदबाट सिक्किमका रवि गहतराजलाई उछिन्दै अमेरिकाबाट आएका किरण गजमेर फाइनलमा प्रवेश गरेका छन् ।

टीम राजुबाट काठमाडौका सोनाम शेर्पालाई उछिन्दै बाग्लुङकी तारा श्रीष मगर फाइनल प्रवेश गरेकी छिन् ।

 

त्यस्तै टीम दीपबाट बुटबलका गोविन्द पुनलाई उछिन्दै दार्जलिङका आर्यन तामाङ फाइनल प्रवेश गरेका छन् ।

एसएमएस र प्रभु पे मार्फत देश विदेशबाट एक साता गरेको भोटिङका आधारमा यी फाइनालिस्टहरु छानिएका हुन् ।

 

अर्को शनिबार हुने ग्राण्ड फिनालेको लागि भोट गर्न आज शनिबार यी चार फाइनालिस्टले आफ्नो प्रस्तुति दिने छन ।

र पब्लिक भोटको आधारमा अर्को साता द भ्वाइस अफ नेपाल सिजन ३ को बिजेता घोषणा हुने छ । श्रोत: sajha page

सम्वन्धित खबर
प्रतिक्रिया दिनुहोस्

तपाइको इमेल गोप्य रहनेछ

साताको ट्रेन्डीङ्

सिफारिस