leading news portal from gandaki

टोकियो ओलम्पिकको १०औं दिनसम्म पदक तालिकाको शीर्षस्थानका १० देश ?

गण्डकी खबर । ३२ औं संस्करणको ग्रीष्मकालीन ओलम्पिक (टोकियो ओलम्पिक–२०२०) को १०

औं दिनको खेल सकिँदासम्म पदक तालिकामा चीन आफ्नो शीर्षतालाई कायम राख्न सफल भएको छ ।

चीनले सोमबारसम्म २९ स्वर्ण, १७ रजत र १६ कास्य गरी कुल ६२ पदक जितेको छ ।

अमेरिका २२ स्वर्ण, २५ रजत र १७ कास्यगरी कुल ६४ पदकसहित दोस्रो स्थानमा चीनलाई पछ्याई रहेको छ ।

त्यस्तै, आयोजक राष्ट्र जापान १७, स्वर्ण ६ रजत र १० कास्यगरी कुल ३३ पदक जितेको छ ।

१४ स्वर्ण, ४ रजत र १५ कास्यगरी कुल ३३ पदक हात पारेको अष्ट्रेलिया चौथो स्थानमा रहँदा

रसियन ओलम्पिक कमिटि टोली (आरओसी) १२ स्वर्ण, २१ रजत र १७ कास्यसहित ५० पदक जित्दै पाँचौ स्थानमा रहेको छ ।

इंग्ल्यान्ड ११ स्वर्ण, १२ रजत र १२ कास्यगरी कुल ३५ पदक जितेर छैटौं स्थानमा रहेको छ ।

फ्रान्स ६ स्वर्ण, १० रजत र ७ कास्यसहित २३ पदक जितेर सातौ स्थानमा जर्मनी ६ स्वर्ण,

६ रजत र ११ कास्यगरी २३ पदकसहित आठौं स्थानमा रहेको छ ।

यता दक्षिण कोरियाले ६ स्वर्ण, ४ रजत र ९ कास्यगरी कुल १९ पदक हात पार्दै नवौं स्थानमा रहेको छ ।

नेदरल्यान्ड्स ५ स्वर्ण, ७ रजत र ६ कास्यगरी १८ पदक जित्दै शीर्ष १० मा अटाएका छन् ।

टोकियो ओलम्पिकमा २०५ राष्ट्र र शरणार्थी टोलीमध्ये हालसम्म ५७ राष्ट्रले स्वर्ण जित्दा ७५ राष्ट्रले पदक जित्न सफल भएका छन् ।

सम्वन्धित खबर
प्रतिक्रिया दिनुहोस्

तपाइको इमेल गोप्य रहनेछ

साताको ट्रेन्डीङ्

सिफारिस