leading news portal from gandaki

मस्र्याङ्दी नदीले पुल बगाएपछी, सेनाले काठे पुल निर्माण गर्दै

गण्डकी खबर । नेपाली सेनाले नेपाल प्रहरी र सशस्त्र प्रहरी बलसँगको सहकार्यमा मनाङको ठाडो

खोलामा काठेपुल बनाएर स्थानीयवासीलाई आवतजावतमा सहज तुल्याएको छ ।

केही ससमयअघिको भारी वर्षाबाट मनाङको चामे गाउँपालिका–४ र ५ जोड्ने मस्र्याङ्दी नदीको बेलिव्रिज

बाढीका कारण अवरुद्ध भएको र झोलुङ्गे पुल पनि बगाएपछि ङिस्याङ गाउँपालिका र चामेबीच आवतजावत पूर्ण बन्द भएको थियो ।

काठेपुलसँग त्यस भेगका जनतालाई पैदल आवतजावत गर्नका लागि सेनाद्वारा गोरेटो

बाटोसमेत निर्माण गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

चामे गाउँपालिका–४ स्थित स्याल्कु खोलाको यातायातका सवारी साधनसमेत सञ्चालन हुने काठे पुल

बगाए आवागमन अवरुद्ध भएपछि सेनाले नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र स्थानीयवासीसँगको

सहकार्यमा साउन १५ गते खोलामा काठेपुल निर्माण गरेको हो ।

पुल निर्माणसँगै जिल्ला सदरमुकाम, तिमाङसम्म र तलेखुसम्म हलुका

सवारी साधन आवतजावत गर्न सहज भएको सेनाले जानकारी दिएको छ ।

काठमाडौँबाट २४ जना यात्रु लिएर बुर्तिबाङतर्फ गइरहेको बा५ख १५५३ नंको बस बाग्लुङ्ग

गलकोट नगरपालिका–१ चौराहा नजिक दुर्घटना भएकामा श्रीमेहर गणबाट खटिएको उद्धार तथा

मेडिकल टोलीले ६ जनालाई थप उपचारका लागि धौलागिरि अञ्चल अस्पताल पठाएको जानकारी दिइएको छ । रासस

सम्वन्धित खबर
प्रतिक्रिया दिनुहोस्

तपाइको इमेल गोप्य रहनेछ

साताको ट्रेन्डीङ्

सिफारिस