leading news portal from gandaki

श्रीमतीको ह’त्या गरेर आफैले आ’त्मह’त्या गरे

गण्डकी खबर । दक्षिणी धादिङको ताल्तीस्थित हुरेमा सोमबार एक पुरुषले श्रीमतीको ह’त्या गरेर आफूले समेत आ’त्मह’त्या गरेका छन् ।

बेनिघाटरोराङ गाउँपालिका–२ ताल्तीस्थित हुरेका ४५ वर्षीय तीर्थबहादुर विकले खेतमा काम गर्न

जाँदै गरेकी ४२ वर्षीया श्रीमती भीममायाको ह’त्या गरेका हुन् ।

खेतमा काम गर्न जाँदै गरेकी श्रीमतीको विकले कोदालो र हसियाँले हानेर ह’त्या गरेपछि आफूले डोरीको

पा’सो लगाई रुखमा झु’ण्डिएर आ’त्मह’त्या गरेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख प्रहरी उपरीक्षक महेन्द्र खड्काले जानकारी दिनुभयो ।

छिमेकीहरुका अनुसार उनीहरुले बिहान घरमा सँगै रक्सी खाएका थिए ।

खेतमा काम छ भनेर गएपछि बाटोमा आपसी विवादका कारण श्रीमतीको ह’त्या गरेको छिमेकीहरूले बताएका छन् ।

घटनाको विस्तृत अनुसन्धान गरिने जानकारी दिँदै प्रहरी उपरीक्षक खड्काले दुवै श’व

परीक्षणका लागि प्राथमिक स्वास्थ्य चौकी गजुरी लगिएको बताउनुभयो। रासस

सम्वन्धित खबर
प्रतिक्रिया दिनुहोस्

तपाइको इमेल गोप्य रहनेछ

साताको ट्रेन्डीङ्

सिफारिस